विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमतिको संख्या ६ करोड ७६ हजार ६ सय २७ पुगेको हो ।
त्यस्तै विश्वमा कोरोना भाइरस संक्रमणबाट १४ लाख १३ हजार ७ सय ४ जना संक्रमितले ज्यान गुमाएका छन् । जसमा सबै भन्दा धेरै अमेरिकाका रहेका छन् ।
त्यस्तै विश्वमा ४ करोड १ लाख ५१ हजार ९३ जना संक्रमित उपचारपछि निको भएका छन् । जसमासबै भन्दा धेरै संक्रमित भारतका निको भएका छन् ।