विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७७ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७७ लाख ३३ हजार ९ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ७४ हजार २१९ संक्रमित थपिएका हुन् । कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ८१ हजार १४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप तीन हजार ७६८ जनाको मृत्यु भएको हो । वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ८३ लाख ३६ हजार ४८७ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ८३ लाख १५ हजार ३७६ छ । त्यसमध्ये ६८ हजार ८५६ जना गम्भीर अवस्थाका छन् ।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७९ लाख ९१ हजार ५६४ पुगेको छ । भारतमा संक्रमितको संख्या ७१ लाख १९ हजार ३०० पुगेको छ भने ब्राजिलमा ५० लाख ९५ हजार ३०० छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button