विश्वमा ४ करोड ९३ हजारभन्दा धेरैले जिते कोरोना

काठमाडौं । विश्वमा चार करोडभन्दा धेरै मानिसले कोरोना सङ्क्रमलाई जितेका छन् । अहिलेसम्म चार करोड ९३ हजारभन्दा धेरैले कोरोनालाई जितेका हुन् ।
विश्वमा अहिले पाँच करोड ७८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । यस्तै सङ्क्रमित भएकामध्ये १३ लाख ७६ हजारभन्दा धेरैको ज्यान गएको छ ।
गएको २४ घण्टामा विश्वमा ६ लाख ५४ हजार ३ सय ६८ जना नयाँ सङ्क्रमित भेटिएका छन् । यही अवधिमा ११ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका २१८ देशमा फैलिसकेको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित छ । अमेरिकामा एक करोड २२ लाखभन्दा धेरै सङ्क्रमित छन् । त्यहाँ अहिलेसम्म दुई लाख ६० हजार २ सय ४० जनाको ज्यान गएको छ ।
यस्तै भारतमा ९० लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ३२ हजार ७ सय ६४ जनाको ज्यान गएको छ ।