वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरगन्ज । नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका थप एक जनाको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय व्यक्तिको आइतबार बिहान मृत्यु भएको छ ।

मधुमेहका समेत बिरामी रहेका ती व्यक्तिमा पछिल्लो समय गम्भीर निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

शुक्रबार उक्त अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए ।

‘मधुमेहका समेत रोगी रहेका ती युवकमा गम्भीर किसिमको कोभिड निमोनिया देखिएको थियो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button