शान्ति, एकता र मेलमिलापको सन्देश दिँदै विनिप्रप सेवकाईले ‘ख्रीष्टमस’ मनायो

काठमाण्डौँ । ख्रीष्टियन समुदायका अगुवाहरुले मुलुकमा समानता, न्याय, शान्ति, एकता, मेलमिलाप र समृद्धिका निम्ति ऐक्यबद्धताको खाँचो रहेको विनिप्रप सेवकाई नेपालका संस्थापक अध्यक्ष डा. चेत बहादुर खरेलले बताएका छन् ।

ख्रीष्टमस तथा नयाँ वर्ष २०२१ को उपलक्ष्यमा विनिप्रप सेवकाई नेपालद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा. खरेलले यस्तो बताएका हुन् ।

विनिप्रप सेवकाई नेपालका संस्थापक अध्यक्ष डा. चेत बहादुर खरेलको सभाध्यक्षता तथा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले सबै समुदाय, वर्गहरुको भावनालाई कदर गर्न स्थानिय सरकार तयार रहेको बताउनुभयो । उहाँले दक्षिणकाली नगरपालिका ऐतिहासिक, धार्मिक र सांस्कृतिक, पर्यटकीय स्थलका रुपमा परिचित रहेकोले सबै धार्मिक सुमदायको हितमा हुने गरी काम गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एकृकित समाजवादी निकट एकीकृत पर्यटन श्रमिक संगठन नेपालका केन्द्रिय महासचिव तथा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य टिकाराम नेपालीले व्यक्ति आफुले चाहेको धर्म मान्न पाउनु अधिकारको कुरा भएको भन्दै कसैले रोकछेक गर्न नहुने बताउनु भयो ।

मिडिया एड्भोकेसी फोरम नेपालका महासचिव निरोज तोलाङेले संसारको दृष्टिले जस्तो सुकै भएता पनि प्रभुको दृष्टिमा असल हुनु पर्ने बताउनु भयो । उहाँले अब ख्रीष्टियन समुदायले आफनो अधिकार मागेर होइन खोसेर लिनुपर्ने बाध्यात्मक स्थिती आएको भन्दै अधिकारका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।

सबै समुदायको अधिकारलाई संविधानमा समावेश गरेको सन्दर्भमा संविधान संशोधन गरेरै भएपनि ख्रीष्टियन समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button