शिक्षक हत्याको कांग्रसले गर्‍यो विरोध, विप्लवलाई शान्तिपूर्ण मार्गमा आउन अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध गरेको छ ।

बिहीवार बसेको बैठकमा हत्यामा संलग्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई व्यक्ति हत्याको बाटो छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरिएको छ । बैठकले हत्यामा संलग्नलाई कारवाहीको समेत माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

कांग्रेस बैठकले मंसिर २९ गते ७७ जिल्लामा हुने प्रदर्शनमा सहभागिताका लागि समेत अपिल गरेको छ । बैठकमा क्रियाशील सदस्य एवं जनसम्पर्क समितिबारे जरुरी छलफल भएको प्रवक्ता शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button