शिक्षाविद् प्रा. डा. केदारलालको निधन

ललितपुर । ललितपुर महानगरपालिकाका सल्लाहकार शिक्षाविद् प्रा. डा. केदारलाल श्रेष्ठको बुधबार निधन भएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा ८३ वर्षीय श्रेष्ठको निधन भएको महानगरद्धारा जारी शोक विज्ञप्तिमा उल्लेख छ ।
उहाँ केही समयअघिदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

महानगरप्रमुख चिरीबाबु महर्जनद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ,‘दिवंगत आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा ललितपुर महानगरपालिका गहिरो समवेदना व्यक्त गर्दछ ।’

स्वर्गीय केदारलालको पत्नी, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button