शुभप्रभात सहकारी सुबिधासम्पन्न भवनमा

रातोपाटी न्युज, बाहबिसे / जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको आफ्नै भवन बनाउने काम तीव्र रुपमा अगाडि बढिरहेको बेला बाह्बिसे नगरपालिका ९ राम्चेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार सुबिधा सम्पन्न भवन उद्धघाटन गरेको छ ।
लामो समय भाडाको घरमा बस्दै आएको सो सहकारीले आइतबार देखि आपनै भवनबाट सेवा दिन थालेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्धघाटन गरेका थिए । २०६५ असार १ गते स्थापना भएको सो सहकारीे १२ बर्षपछि आपनै भवन निमार्ण गर्न सफल भएको छ ।
आइतबारबाट उक्त भवनबाट सेवा दिन थालिएको अध्यक्ष उद्धब बहादुर तिवारीले जानकारी दिएका छन् ।
उक्त साकोसले ५३ लाखमा जग्गा खरिद गरि एक करोड ७० लाख लागतमा भवन निमार्ण गरेको ब्यबस्थापक सुरेन्द्र तिवारीले बताएका छन् । आधुनि भवनमा मिटिङ हल, तालिम हल, बैठककोठा, कर्मचारी कार्यकक्ष अलग अलग निमार्ण गरिएको छ । पाँचतले आधुनिक भवनबाट सेवा दिन थालिएपछि सदस्यहरु उत्साहित भएका छन् ।
छोटो समयमा आधुनिक भवन समेत निमार्ण गरेर सो सहकारीले स्थानीय स्तरमा रहेका बैङ तथा बित्तिय संस्थाहरुमा छुट्टै पहिचान बनाउन सफल भएको छ । शुभप्रभात सहकारी स्थानीयको पहिलो रोजाईको सहकारी बन्न सफल भएकाले नै छोटो समयमा आधुनिक भवन निमार्ण गर्न सफल भएको अध्यक्ष तिवारीले बताएका छन् ।
बाह्बिसे नगरपालिका, भोटेकोशी गाँउपालिका, बलेफी गाँउपालिका र सुनकोशी गाँउपालिका कार्यक्षेत्र रहेको उक्त सहकारीको ४५ करोड पूजिँ रहेको छ भने चार हजार सदस्य रहेको छ । सो सहकारीले बीमा सेवा, बिभिन्न सामाजिक उतरदायित्वका कार्य गर्दे आएको छ । पछिल्लो समय कोभिड १९ मा पनि शुभप्रभात साकोसले सदस्यलाई भरपर्दो र समयमा नै सेवा दिदैं आएको छ ।
भवन उद्धघाटन कार्यक्रममा सल्लाहकार भूपेन्द्रबिक्रम थापा, पूर्व अध्यक्ष शम्भु बहादुर तिमल्सिना, कृष्ण कार्की, लगायतले सम्बोधन गरेका थिए । साथै अर्जुन राउत र हरिनारायण मेहतालाई सम्मान पनि गरिएको थियो । सो सहकारीले ब्यबसायिक र उत्पादनमूलक कार्यमा जोड दिने भएको छ ।