श्रमिकमा कोरोना संक्रमण देखिएपछि तातोपानी नाका पुनः बन्द

काठमाडौं । नेपाल–चीन सिमाना जोड्ने तातोपानी नाका पुनःबन्द भएको छ।

तातोपानी नाकामा लोड(अनलोड गर्ने श्रमिकमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि नाका मंगलबारदेखि पुनः बन्द भएको हो।

नेपाली ल्याबले पीसीआर नेगेटिभ देखाएको लोडरअनलोड श्रमिकलाई चीनको ल्याबको परीक्षणले पोजेटिभ देखाएपछि तातोपानी नाकाबाट हुने आयात रोकिएको छ ।

शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ जना चालक तथा लोड गर्ने श्रमिकहरुमध्ये तीन जनालाई चिनियाँ ल्याबको परीक्षणमा कोरोना देखिएपछि चीनले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी भन्सारका अनुसार शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ जना चालक तथा श्रमिकहरुमध्ये ३ जनामा चीनको ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाले चीनले नाका बन्द गरेको हो।

मंगलबार तातोपानी नाकाबाट कुनै वस्तु नभित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। २०७२ सालको बिनाशकारी भुकम्पले क्षेती पुर्‍याएको तातोपानी नाका आइतबारदेखि खुलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button