संविधान दिवसका दिन जसपाले विरोध प्रदर्शन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीले संविधान दिवसको दिन देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्ने भएको छ ।

सरकारले संविधान दिवस मनाउनका लागि आम नागरिकमा अनुरोध गरेकोप्रति पनि जसपाले असहमति जनाएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यावले शुक्रबार एक विज्ञप्ती जारी गर्दै संविधान दिवसका दिन (शनिबार) देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्ने जनाएका हुन् ।

संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु अपुरो र अपूर्ण हुनुका साथै विभेदकारी प्रावधानहरु राखिएको जसपाको भनाइ छ ।

‘सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन अर्थात असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरुलाई आह्वान गरिन्छ,’ जसपाका अध्यक्षद्वय ठाकुर र यादवद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button