संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ । कानुन मन्त्रालयले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको हो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको भूभागको नयाँ नक्सा जारी गरेपछि संविधानमा रहेको अनुसूची संशोधनका लागि संशोधन प्रस्ताव दर्ता गरिएको हो । संविधानमा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्नुपरेको हो ।

“नेपालको संविधानको धारा ९ को उपधारा (२) मा नेपालको निशान छाप अनुसुची–३ मा उल्लेख भए बमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरुपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची–३ को निशान छाप भित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्ने प्रयोजनको लागि यो संशोधन विधेयक पेस गरेको छु,” कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधनको उद्देश्य र कारण खुलाउँदै भनेकी छन् ।

संविधान संशोधनका लागि संसदको दुई तिहाई मत आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button