संसदमा रामहरि खतिवडाको गर्जन : अपराधीलाई पक्राउ गर्न गृहले प्रेस विज्ञप्ति जारी गर्नुपर्ने हो ?

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराए ।

उनले भने, ‘अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति आउन दिन हुन्न, यो ठीक पनि होइन ।’

प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको त होइन भनी प्रश्न गरे । सांसद खतिवडाले उक्त विषयमा सभामुखबाट रुलिङको माग गरे ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले धादिङका चेपाङ समुदायलाई परेको अप्ठेराबारे सदनको ध्यानाकर्षण गराउँदै स्वदेशी उद्योग प्रवर्द्धन गर्न सरकारको ध्यान जाओस् भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button