संसद् बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ– प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

समितिको बैठक बिहान साँढे ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बस्ने बताइएको छ । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध जारी राखेको छ ।

सरकारले संसद् सुचारु गर्नका लागि सर्वदलीय बैठक बोलाए पनि एमाले सहभागी भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button