संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

काठमाडौं । प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ।
पछिल्लो समय संसदमा एमसीसी सम्झौता पेश हुनसक्ने भन्दै बहस भइरहेका बेला संसद सचिवालय बैठकले संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाएको हो। यसप्रति पत्रकारहरुले भने आपत्ति जनाएका छन।