संसद बैठक आइतबारलाई सर्यो

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ ।
सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।
कानुनमन्त्री दिलेन्द्र बडुको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियो ।