संसद बैठक फागुन १८ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठक १८ फागुनमा बस्ने भएको छ ।
अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन गर्दै आजको संसद् बैठक स्थगित गरिएको छ । अब संसद् बैठक आगामी १८ फागुनमा बस्ने समाभुख अग्नि सापकोटाले बताएका छन् ।
आइतबार राति बसेको प्रतिनिधि सभा बैठकले एमसीसी र त्यसको व्याख्यात्मक घोषणा पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी र व्याख्यात्मक घोषणा अनुमोदन गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध जारी राखे पनि ध्वनि मतबाट एमसीसी अनुमोदन गरिएको हो ।