संसद विघटनको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रनिधिधि सभा विघटनको घोषणाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एक इजलाशमा प्रारम्भिक सुनुवाई भएको थियो ।
जबराको इजलाशले सबै रिटहरु संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ । अब यी सबै रिटमा शुक्रबार संवैधानिक इजलाशमा हुने छ ।