सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।
मंगलबार नेपाल र चीनले संयुक्त रुपमा घोषणा गरेअनुसार सगरमाथाको उचाइ अब ८ हजार ८ सय ४८ दशमलव ८६ पुगेको छ ।
नापी विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमागाको उचाइ अब ८८४८.८६ मिटर पुगेको घोषणा गरे ।
सगरमाथाको उचाइ भने नेपाल र चीनले छुट्टा–छुट्टै गरेका थिए । नेपालको नापी विभागले फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्क प्रशोधन गरी सगरमाथाको नयाँ उचाइ यकीन गरेको हो ।