सनराइज वैक र सिद्धार्थनगर सिटि हस्पिटलबीच कपाल प्रत्यारोपण ऋण सम्झौता

भैरहवास्थित सनराइज वैक र सिद्धार्थनगर सिटि हस्पिटल बीच क्रेडिट कार्ड सुविधाबाट कपाल प्रत्यारोपणको लागि ऋण सम्झौता भएको छ ।

सिद्धार्थनगर सिटि हस्पिटलमा भएको कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, डर्माटोलोजिष्ट डा.चन्द्र मोहन शाह र बैकका शाखा प्रमुख हरिहर सुवेदी बिच सोमबार पौष १९ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बिगत ६ महिना देखि अत्याधुनिक मेसिनयुक्त, उच्च लगानीमा निर्मित १०० बेडको यस हस्पिटलले नियमित रुपमा कपाल प्रत्यारोपण सेवा प्रदान गरिरहेको छ । सम्भवत राजधानी भन्दा बाहिर छिटो छरितो कपाल प्रत्यारोपण सेवा प्रदान गर्न सक्ने पहिलो हस्पिटल सिद्धार्थनगर सिटी हस्पिटल हो भन्दा फरक नपर्ला । यस सेवा नेपालमा बसोबास गर्ने नेपाली र अमेरिका, जापान, अष्ट्रेलिया स्पेन लगायत ठाउँमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले सेवा लिईरहेका छन् ।

कपाल प्रत्यारोपण गर्न हस्पिटलका ड्रमाटोलोजिष्ट डा.चन्द्रमोहन शाह लगायत विदेशमा तालिम प्राप्त टिमद्धारा सफा सुन्दर वातावरणमा अत्याधुनिक उपकरणबाट जडित प्रविधीमा निर्मित कक्षमा बिरामीलाई सेवा प्रदान गरिएकोछ । विशेष गरि कपाल प्रत्यारोपण सेवा ३० देखि ६० वर्ष उमेर समूहका मानिसहरुले सेवा लिने गरेको हस्पिटल स्रोतले बताएको छ । कपाल प्रत्यारोपण पुरुषमा मात्र नभई महिलाहरुमा पनि गरिने र पुरुषहरुमा दारी पनि प्रत्यारोपण गरिएको र गर्न सकिने डा. चन्द्रमोहन शाहले बताउनुभयो ।

अस्पतालले सन्राइज बैकसँग सहकार्य गरेर किस्ता बन्दी सुविधा दिएको छ । कपाल प्रत्यारोपण लगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको र हाल सम्म लगभग २० जनाले सेवा लिईसकेको जस मध्ये हस्पिटलका प्रबन्ध निर्देशक स्वयमले प्रत्यारोपण सेवा लिई सकेको तथा ६/७ जनाले अग्रिम बुकिङ्ग गरिसकेको अस्पतालका प्रवन्ध निर्देशक अर्जुन पौडेलले बताउनु भयो ।

त्यसैगरि बैकले ५० हजार देखि ३ लाख सम्म सस्तो ऋण बिना धितो शुन्य व्याजदरमा उपलब्ध गराउने गरी सम्झौता भएको छ । बैंकले उपलब्ध गराएको ऋण १२ देखि १८ महिना सम्म किस्तामा तिर्न मिल्ने भएको छ । उक्त ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ । लग्जरी सुविधा भएकाले एकै पटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको सन्राइज बैकका प्रवन्धक हरिहर सुवेदीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button