सबै घरधुरीलाई मास्क र स्यानिटाइजर

रातोपाटीन्युज, सिन्धुपाल्चोक । बलेफी गाँउपालिका-८ का सामाजिक युवा संजालका अध्यक्ष सुवास तिमल्सिनाले बलेफी गाँउपालिका-८ का सबै घरधुरीलाई मास्क र स्यानिटाइजर सहयोग गरेका छन् ।

ब्यक्तिगत खर्चमा तिमल्सिनाले सो वडाको ४८६ घरपरिवारलाई सर्जिकल मास्क र स्यानिटाइजर बितरण गरेका हुन् । प्रत्येक घरधुरीलाई ५० पिसको एक मुठा सर्जिकल मास्क र एक बोतल स्यानिटाइजर सहयोग गरेको समाजसेवी तिमल्सिनाले जानकारी दिए ।

कोरोना भाइरस नयाँ भेरियन्ट संक्रमणबाट जोगाउन वडाबासीलाई सहयोग गरेको उनले बताएका छन् । उक्त सहयोग सामाग्री समाजसेवी तिमल्सिना आफैले पनि घरघर पुगेर बितरण गरेका थिए ।

सामाजिक अभियान्ता एवम नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका सदस्य रबिन बिक, कांग्रेस स्थानीय नेताहरु सनिल काफ्ले, नारायण कार्की, ब्लुजम कार्की, राज श्रेष्ठले उक्त स्वास्थ सामाग्री वडाका प्रत्येक घरधुरीमा पु-याउन थालेका छन् ।

उनीहरु सबै जना वडाका प्रत्येक घरघर पुगेर स्वास्थ सामाग्री दिदैं हिडेका छन् । घरमै आएर स्वास्थ सामाग्री ल्याईदिएपछि स्थानीय नेत्र पराजुलीले सहयोगी तिमल्सिनाले धन्यबाद प्रकट गरे । त्रिपुरासुन्दरी गाँउपालिका टेकानपुर, सुनकोशी गाँउपालिकाको कापिङका लागि पनि उनले उक्त स्वास्थ सामाग्री सहयोग गरेका छन् ।

बुधबार पनि उनले बलेफी गापा-८ वडा कार्यालय, लामोसाँघु प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय लामोसाँघु, बसेरी स्वास्थ चौकी लगायतलाई पिपिई सेट, स्यानिटाइजर, मास्क लगायतको स्वास्थ सामाग्री सहयोग गरेका थिए । सो स्वास्थ सामाग्रीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको बाहुलीबाट स्थानीयलाई बितरण गर्न शुरु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button