सभामुख सापकोटाद्वारा सडक अनुगमन
सिन्धुपाल्चोक । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले मंगलबार सिन्धुपाल्चोकका सडक र बिकास निमार्णको अनुगमन गर्नु भएको छ ।
मंगलबार दिउँसो गृह जिल्लाको बलेफी नौबिसे क्षेत्र बिकास निमार्णका निरिक्षण गर्न आईपुग्नु भएका सभामुख सापकोटाले सिन्धुपाल्चोकमा संचालनमा रहेका सबै बिकास निमार्णका काम निर्धारित समयमा नै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नु भएको हो ।
मंगलबार ब्रमायणी करिडोरको लाइफलाइन मानिने बलेफी चनौटे गुम्बा तेम्बाथान सडक खण्ड अर्न्तगत साँढे ३ किलोमिटर बलेफीदेखि त्रिपिंगे खण्ड सडकको निरिक्षण गर्दै सापकोटाले सो सडक निर्धारित समयमा नै निमार्ण सम्पन्न गर्न सडक डिभिजन कार्यालय, निमार्ण कम्पनीलाई निर्देशन दिनु भएको छ । निमार्ण सम्पन्न गर्नका लागि आवश्यक सघाउन जिल्ला प्रशासन कार्यालयका प्रजिअलाई निर्देशन समेत दिएका छन् ।
सभामुख सापकोटाले उक्त सडक सहायक राष्ट्रिय राजमार्ग भएकाले स्थानीय जनताका मुआब्जाका बिषयलाई सम्बोधन गर्दै द्रुत गतिमा गुणास्तरीय निमार्ण सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशन दिनु भयो । सो सडक हुदैं नौबिसे, जलबिरे गुम्बा तेम्बाथानसम्मका काम भईरहेकोले अबको केही बर्षमा सडकले जुगल हिमाल जोडेर पर्यटन क्षेत्रबाट सिन्धुपाल्चोकबासीले समृद्ध पार्ने पनि उहाँले बताउनु भएको छ ।
संचारकर्मीले सभामुख सापकोटालाई एमसीसीको बिषयमा गरेको प्रश्नमा उक्त बिषयमा पछि बोल्ने बताउनु भएको थियो । अनुगमन, कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कत्तैपनि एमसीसीका बारे बोल्नु भएको छैन् । उक्त सडक खण्ड स्त्तरोन्नति गर्न सापकोटाको पहलमा १९ करोड बजेट बिनियोजित भएको थियो । सो सडकमा प्लम्ब ढलान, ग्याबिन, मेशिनरी वाल, प्लम्ब नाला, ग्राभेल, सवबेस, बेस र कालोपत्रेका लागि उक्त बजेट प्राप्त भएको छ ।
१० मिटर चौडा सडक निमार्णका लागि अहिले सो सकडमा कटिङ, प्लम्ब ढलान, ग्याबिन लगायतका काम भईरहेको ठेकेदार निमार्ण कम्पनी अनककबिर जेभीका संचालक गोरे बहादुर तामाङले जानकारी दिनु भएको छ । स्थानीय सम्बन्धित निकायबाट सहयोग भएमा अबको पाँच महिनाभित्र कालोपत्रे सम्मको काम सम्पन्न गर्ने ठेकेदार तामाङले जानकारी दिनु भयो ।
२०८१ साउन मसान्तसम्ममा उक्त सडकको काम निमार्ण सम्पन्न गर्नु पर्ने सरकारसंग सम्झौता रहेको छ । बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले सो सडक निमार्ण गर्दा स्थानीयका समस्या समाधानमा लागेर निर्धारित समयमा निमार्ण सम्पन्न गर्न लागिरहेको जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले सडक निमार्णमा सुरक्षा प्रबन्धकले सहयोग गर्ने बताउनु भएको छ ।