‘समग्र खेलकुदका लागि लाग्नेछु’–सुवास तिमल्सिना

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका युवा नेता सुवास तिमल्सिनाले सिन्धुपाल्चोकको समग्र खेलकुदमा ब्यक्तिगत र संस्थागत सहयोग गर्ने बताउनु भएको छ ।

बुधबार राजधानीको गोठाटार तेक्वान्दो डोजाङका खेलाडीहरुलाई ग्रेडिङ प्रमाणपत्र बितरण गर्दै युवा नेता तथा पूर्व तेक्वान्दो खेलाडीसमेत रहेका तिमल्सिनाले बिशेष गरी तेक्वान्दो खेलका साथै सबै खेललाई उचाईमा पुर्‍याउन कुनै कसुर बाँकी नराख्ने बताउनु भयो ।

बरिष्ठ समाजसेवी समेत रहेका सुवासले खेलकुदको माध्यमबाट समाज परिर्वतन हुने भएकोले मुलुक समृद्ध हुने र मानव जातिको स्वास्थ्य अनुकूलता हुनेमा जोड दिनु भयो । सो कार्यक्रममा सिन्धुपाल्चोक तेक्वान्दो संघका उपाध्यक्ष तथा पूर्व तेक्वान्दो खेलाडी रामचन्द्र कार्कीले तेक्वान्दो खेललाई अगाडी बढाउने कार्यमा रहेको बताउनु भएको छ ।

सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष तथा उक्त डोजाङका प्रमुख प्रशिक्षक छटौं डान प्रेम भण्डारीले सिन्धुपाल्चोकमा आफूले नै २४ बर्ष अगाडीदेखि तेक्वान्दो भित्राएको र निरन्तर उक्त खेलद्धारा राष्ट्र र अन्तराष्ट्रिय स्तरमा चिनाएको दाबी गर्नु भयो ।

सो कार्यक्रममा तेक्वान्दो खेलप्रेमी तथा युवा ब्यबसायी कैलाश पाण्डेले तेक्वान्दो खेललाई निरन्तर सहयोग गर्ने बचनबद्धता गर्नु भएको छ ।

बुधबार बिहान सो डोजाङका ३४ जना खेलाडीहरुलाई ग्रेडिङको प्रमाणपत्र बितरण गरिएको थियो । उक्त डोजाङमा तेस्रो डान तथा सहायक प्रशिक्षक सगुन भण्डारी र सिनियर खेलाडी निस्मा पौडेलले प्रशिक्षणमा गराउदैं आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button