युवा समाजसेवी विकास अधिकारीको निधन

२१ फागुन, काठमाडौं । मिडिया एड्भोकेसी फोरम नेपालका अपांगता सवालमा पैरवी समितिका संयोजक तथा सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक वरिष्ठ समाजसेवी विकास अधिकारीको निधन भएको छ ।

फोक्सोमा खराबीले गर्दा स्वासप्रश्वासमा समस्या भई समाजसेवी अधिकारीको काठमाण्डौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा शुक्रवार दिउँसो अन्दाजी साढे ६ बजे निधन भएको हो ।

लामो समयदेखि भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा कोभिड उपचाररत अधिकारीको स्वास्थ्यमा सुधारोन्मुख हुँदै गएकोले डाक्टरको सल्लाह बमोजिम सोमबार राती भारतबाट एयरबसमा ल्याईएको थियो भने मंगलबार नै काठमाण्डौँस्थित ह्याम्स अस्पतालमा उपचारका लागि राखिएको थियो ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि विहान ११ बजे आज शनिवार सुन्दर ढोका साथी सेवाको कार्यालय बागडोलमा राखिने संस्थाका सदस्य तथा पत्रकार विशु गुरुङले जानकारी दिए ।

लामो समयदेखि विभिन्न सामाजिक सेवामा संलग्न समाजसेवी अधिकारी कोभिडको प्रारम्भिक चरणदेखि नै कोभिड प्रभावितको सेवामा अहोरात्र खटिरहेका थिए । उहाँको निधनले राष्ट्रको एक होनहार युवा नेतृत्वलाई गुमाएको र सामाजिक सेवाको क्षेत्रमा अपूर्ण क्षति पुगेकोले आफु स्तब्ध र मर्माहत भएको माफ नेपालका महासचिव निरोज तोलाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button