सम्झनाका बुवा र बाजे बजैको बिलौना (स्थलगत रिर्पोट)

बझाङ जिल्ला मस्टा गाउँपालिका २ खिकालामा भएको बलत्कारपछि विभत्स हत्या प्रकरणको घटनालाई अध्ययन गर्न जब हामी सोही गाउँमा पुग्यौं सोही गाँउटोलका दाजुभाइ, दिदीबहिनी भने शोकमग्न अवस्थामा देखिनु हुन्थ्यो । अनि हामीले मृतकको परिवारलाई भेट्ने योजनामा हामी घरमै पुग्यौं र मृतक सम्झनाका बुवा र बाजेबजैलाई भेट्यौँ अनि जब हामी त्यहाँ पुग्यौं र उहाँले हामी आएको थाहा पाउनुभयो उहाँ भक्कानिएर बर्बरी आँशुहरू बगाउँदै रुन थाल्नुभयो।

सम्झना कामीको बुबा बिजुली कामी

आफनी निर्दोष नावालिका आँखाको नानिमा खेलिरहेको र चारैतिर छोरी हिड्ने बाटोमा पर्खिरहन्छन । मृतकको बाबाले भने …  केहिदिन अगाडि भन्थि मेरि छोरी बाबा छिटो घर आउनु हामी सबै घरमा बसि दशैसँगै मनाउला ।

दसैमा घर आउने तयारी भएका हामी हाम्रा सबै योजना चक्नाचुर गरिदियो, हाम्रो मुटु झिकेर टुक्रा-टुक्रा पारी दियो राक्षसले जसरी मेरो छोरीलाई त्यसले दुःख दियो जसरी कुटीकुटी हतियार प्रयोग गरेर रगतहरू बगाउँदै चित्कारमा उसले  मार्यो त्यसरिनै उसलाई पनि सजाय हुनुपर्छ नत्रभने यदि न्याय नै भएन भने न्याय हराएको अदालतमा गएर मर्छु उहाले आँशु बगाउदै भन्नुभयो ।

परिवारको यो अवस्थाले हाम्रा आँखाका आँशुहरुपनि थाम्न सकेनौ । निस्सासिदै उहाले फेरि भन्नुभयो केहि समय अगाडि मात्रै फोनमा बाबा छिटो घर आउनु अब घरमै बस्ने गरेर आउनु भाइलाई पढाएर ठूलो बनाउनुपर्छ भन्ने मेरी छोरी कता-कता त्यो पापीले बिलिन मनाइदियो घरको आँगन बाहेक अरु केहि नदेखेकि मेरी छोरी हजुर आमाको काँखमा आमाको दुधबाट भर्खर निस्केकी मेरी छोरी त्यो पापीले कति दुःख दियो होला ? कति रोइ, कराई होली ?

कति चिच्याई होलि, कति छटपटाइ होलि ? अनि मेरी छोरीले कति आँशुहरु बगाई होलि ? कति रगतहरू बगाइहोलि मेरी छोरीले कति बाँच्ने कोशिषहरू गर्यो होला ? कति फुत्किने कोशिष गरी होली?

मेरी छोरीले आवाज सुन्ने कोही भएन त्यहाँ ! म विदेशमा थिए अनि कसले सुन्थ्यो र तिम्रो आवाज, तिम्रो हारगुहार त्यही भएको भगवानपनि बहिरो भएर बस्यो, निष्ठुर भएर बस्यो कसले सुन्थ्यो र तिम्रो आवाज ? सहायक प्रमुख जिल्ला अधिकारि रामबहादुर सार्कि ले भन्नुभयो बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नम्बर २ खिकालामा २०७७ असोज महिना ७ गते भएको बलत्कार पछिको बिभत्स हत्याको सूचना प्राप्त भएपछि स्थानीयको सहयोग लिएर ईलाका प्रहरी कार्यालय र डिएसपी रुपक खड्काको टिम सोही राति ६ बजे घटना स्थलमा पुग्नुभएको थियो अन्तत: शिव मन्दिरभित्र बिभत्स बलत्कार पछि हत्या गरिएको अवस्थामा भेट्नुभएको थियो ।

सम्झाना कामीकी बहिनी रचना कामी

अनि शंकास्पद हिसाबले हत्याराको खोजी गर्दा उक्त राजेन्द्र बोहरा ढोका बन्द गरेर भित्र लुकेको पाउनुभएको थियो उक्त व्यक्तिलाई जिप्रकामा ल्याउनु भयो र केही दिनसम्म उक्त बलत्कार पछिको हत्या नस्वीकारिता पनि अन्तमा जबर्जस्ती बलत्कार गरेको र सम्झनाले प्रतिकार गरेपछि अरुलाई भन्छ भन्ने डरले मन्दिरमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको कुरा राजेन्द्र बोहोराले स्वीकार गरेका छन् यो घटना भन्दा अगाडि पनि सोही व्यक्तिले अर्की १३ वर्षीया बालिकाको बलत्कार गरेको र अन्तत केटा पछ्य र केटिपक्ष मिलि गर्भमा बच्चा रहेमा केटाले केटीलाई स्विकार्ने गरी कागज बनाई घटना ५ सय रुपियाँमा मिलाएको रहेछ । उक्त घटना समयमै प्रहरीमा पुर्याइदिएको भए अहिले यो बीभत्स र डरलाग्दो घटना नघटाउन सक्थ्यो।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले भन्नुभयो,’ आरोपिले घटना स्वीकारिसकेको छ बाँकी अन्य कुराको थप अनुसन्धान जारी छ उक्त राजेन्द्र बोहोराको को जन्मदर्ता प्रमाणमा २०६१ साल जन्ममिति रहेको र उक्त हत्यारालाई प्रचलित् कानुन बमोजिम सजाय हुने पनि उहाँले बताउनुभयो त्यसैगरी अभियान्ता श्याम नेपालीले  प्राय धेरै घटना जातीय अराजकता र कथित वर्गीकृत उच्चजातीय अहंगकारले गर्दा हुने गरेको उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button