सरकारद्वारा विप्लव खोज्न ३ वटै सुरक्षा निकाय परिचालन

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधीमाथि कडा निगरानी राखेको छ।

प्रतिबन्ध लगाएको उक्त संगठनका गतिविधी बढ्दै गएपछि प्रभाव रहेको गाँउ गाँउमा ३ वटै सुरक्षा निकाय परिचालन गरिएको छ।

विप्लव नेकपाको बढ्दो प्रभावका बीच रुपन्देही, रोल्पा, हुम्ला लगायतका ठाँउमा सुरक्षाकर्मी ठूलो मात्रामा परिचालन गरिएको छ।

विप्लव नेकपाले सर्वसाधारणलाई सुरक्षाकर्मीले अनावश्यक दुःख दिने काम गरेको जनाउँदै गाँउमा ‘प्रहरीको आतंक’ बढेको जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रुपमा आफ्नो गस्ती बढाएका हुन।

विकट क्षेत्रमा प्रहरीको फितलो निगरानीका कारण विप्लव समूहका सांगठनिक संरचना बलियो बन्दै गएको छ।

विप्लवले संगठन विस्तार गर्ने, नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने लगायतका गतिविधि गरिरहेको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button