सरकारद्वारा शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन आह्वान

काठमाडौं– सरकारले हालै दर्ता गरेको शिक्षा विधेयकको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेका शिक्षकहरुलाई वार्तामा बोलाएको छ।

सरकारले एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको हो।

सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै वार्ताबाट समाधान खोज्न आग्रह गरेको हो।

विद्यालय शिक्षा विधेयक संशोधनलगायतको माग राख्दै महासंघले बुधबारदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ। मन्त्रालयले महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिँदै सम्बोधन गर्न सरकार तयार रहेको बताएको छ।

378209072_1038220630529511_6951287516339665738_n1695052551.png

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button