सरकारले फेरि बढायो गाडी भाडा, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ, २० चैत । सरकारले पुनः गाडी भाडा बढाएको छ । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक यातायातमा १५ प्रतिशतसम्म भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय भाडा वृद्धि गरेको हो ।

यात्रुबाहक सवारी साधनमा भाडा १० प्रतिशतले बढाइएको छ । त्यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।

सरकारले निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि सवारी साधनमा पनि भाडा वृद्धि गरेको हो ।

कहाँ कति पुग्यो भाडा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button