सरकारले सगरमाथाको नयाँ उचाइ मंगलबार घोषणा गर्दै

काठमाडौं । सगरमाथाको नयाँ उचाइ मंगलबार घोषणा हुने भएको छ। सरकारले औपचारिक कार्यक्रम गरेर नयाँ उचाइको घोषणा गर्न लागेको हो।

मंगलबार एक समारोहका बीच सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागले जनाएको छ।

केही दिन अघि सरकारले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति प्रदान गरेको थियो।

सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले स्वीकृती प्रदान गरेको थियो।

२०७२ सालको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो।

उचाई घटवढ भएको हुनसक्ने आशंकाका बीच नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो।

आर्थिक वर्ष ७५/७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button