सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । पुर्व प्रहरी कर्मचारी संगठन, नागरिक सरोकार मञ्च र सुन्दर नेपाल सरसफाइ अभियान र नेप्सेम्याकको संयुक्त टोलीले चक्रपथ परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

पुर्व प्रहरी कर्मचारी संगठनका सचिब कृष्ण प्रसाद सिटौला, नागरिक सरोकार मञ्च नेपालका अध्यक्ष नागरिक अभियन्ता रुद्र कुमार जोशी, सुन्दर नेपाल सरसफाइ अभियानका सरसफाइ अभियन्ता नवीन थापा र नेप्सेम्याकका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद गेलाल, पुर्व डिएसपीहरु दिलिप कुमार झा, डम्बर बहादुर लामा, नेपाल प्रहरी र सरसफाइ अभियन्ता लगायतको टोलीले सरसफाइ सम्पन्न गरेको हो ।

नेपाल पुर्व प्रहरी कर्मचारी संगठन ललितपुरका सचिव सिटौलाले समुदायलाई नागरिकस्तरबाट सचेतना गराउन र समाजमा रहेका हरेक पक्षबीच पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउनका साथै वातावरण संरक्षण गरि आगामी दिनमा काठमाडौंको फोहोरलाई शुन्यमा झार्ने लक्ष्य लिएको बताउनु भयो। उहाँले उपत्यकालाई नमूना शहर बनाउने अभियानमा सरिक हुन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर शहर बनाऔं भन्ने नाराका साथ सुरु गरिएको सरसफाइ कार्यक्रममा टोल विकास संस्था, वडा समन्वय समिति, वडा महिला समिति, नागरिक मञ्च, राजनीतिक संयन्त्र, टोल विकास संस्थाहरु, धार्मिक संस्था, आमा समूहहरु लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button