सर्भ नाउ नेपालद्वारा खाद्यान्न तथा सरसफाइ सामाग्री वितरण


काठमाडौं । संसारभरि नै फैलिएको कोरोना भाइरस संक्रमण (COVID -19) को त्रासका कारण नेपाल विगत १५ दिनदेखि लकडाउनको अवस्थामा छ । यही लकडाउनको असरले आधारभूत खाद्यान्न तथा सरसफाइका सामग्रीहरूको समेत अभाव देखिन थालेपछि सामाजिक गैह्र सरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) ले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीका वासिन्दाहरू तथा निर्माण मजदुरहरूलाई गरी ७०० भन्दा धेरै परिवारलाई राहत वितरण गरेको छ ।

वितरण गरिएको राहतमा चामल, दाल, साबुन तथा जनचेतनाका सामग्रीहरू रहेका थिए । आफूले नियमित रूपमा गर्दै आएका कामहरू रोकिएपछि बिहान बेलुका के खाने भन्ने समस्या भएको अवस्थामा यो राहतले केही दिनकै लागि भए पनि सहायता गर्ने भन्दै राहत प्राप्त गर्नेहरूले खुशी व्यक्त गरेका थिए ।
आपतकालमा वितरण गरिएको राहत भएकाले वितरणको कुनै पनि फोटोहरू सार्वजनिक नगर्ने संस्थाले जनाएको छ ।