सर्वोच्चमा विचाराधीन सभामुख सापकोटाविरुद्धको मुद्दामा शुक्रबार सुनुवाई नहुने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग सम्बन्धित सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा शुक्रबार सुनुवाई नहुने भएको छ ।

झन्डै १० महिना पछि आज (शुक्रबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेशी तोकिएको थियो ।

तर, शुक्रबार सुनुवाईका लागि पालो नआएपछि सापकोटाविरुद्ध परेका २ रिट र एउटा अदालतको अपहेलनासँग सम्बन्धित मुद्दाको हेर्न नभ्याइने भएको हो ।

यसअघि ती मुद्दामा ३० फागुन २०७६ मा सुनुवाईका लागि पेशीमा चढाइएको थियो । तर, त्यतिबेला पनि हेर्न नभ्याइएको भन्दै पेशी सारिएको थियो । त्यसपछि झन्डै १० महिना पछि आज मुद्दाको पेशी तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button