सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

कैलाली । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वारलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापालेका अनुसार २०५९ फागुन ३० गते स्वारले चलाएको से १ त ११४१ नंको ट्र्याक्टरले किच्दा एक व्यक्तिकाे मृत्यु भएकाे थियाे ।

सोही ठाउँका धनिराम डगौराको ट्रयाक्टरले किचिएर मृत्यु भएको भएपछि निज चालक स्वार फरार रहेका थिए ।

खोजतलास गर्ने क्रममा निज चालकलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका-६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button