सशस्त्र प्रहरीका १६ डिएसपी एसपी बढुवामा सिफारिस

काठमाडौं, ६ माघ । सशस्त्र प्रहरी बलका १६ जना प्रहरी उपरीक्षक (सप्रउ) बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकले सोमबार १६ जना प्रहरी नायब उपरीक्षकलाई बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेमा चित्रांगत दाहाल, गगन श्रेष्ठ, विक्रम होमागाईं, राजकुमार लामिछाने, अरविन्द श्रेष्ठ शशी पाण्डे छन् । यस्तै, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेशकुमार थापा, तीर्थबहादुर थापा, सूर्यप्रसाद आचार्य, रुपकुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र विनोद केसी छन् ।
बढुवा समितिको बैठकले वरिष्ठतम् प्रहरी नायब उपरीक्षकहरूलाई बढुवा सिफारिस गरेको मुख्यालयले जनाएको छ । बढुवा सिफारिसको बोदार्थ गृहमा पठाइएको छ ।