साख्वाको प्रेरणादायी कामबाट धेरै सिक्न सकिन्छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले अग्रणी समाजसेवी शंखधर साख्वाले तत्कालीन समयमा गर्नु भएको कामबाट अहिले पनि उत्तिकै प्रेरणा मिल्ने बताउनु भएको छ ।
आज सिंहदरबारस्थित कार्यकक्षमा ‘नेपाल संवत् विशेषाङ्क’को अनावरण पछि सापकोटाले देशभक्ति र समाजसेवामा साख्वाबाट धेरै सिक्न सकिने चर्चा गर्नुभयो ।
प्रष्फुटन नेपाल मिडिया एण्ड पब्लिकेशन प्रा.लि ले नेपाल सम्वत ११४१ को अवसरमा ‘नेपाल संवत् विशेषाङ्क’ प्रकाशन गरेको हो ।
‘नेपाल संवत् विशेषाङ्क’मा राष्ट्रिय विभूति शंखधर साख्वाले तत्कालीन समयमा गर्नुभएको योगदान र सञ्चालनमा आएको नेपाल संवतका विषयका सामग्रीहरु रहेका छन् ।