सामाजिक एकता पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह गितार

काठमाडौं । सामाजिक एकता पार्टी बिधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।

बिहीबार बिहान पार्टीका अध्यक्ष सि. बि. गहतराजको नेतृत्वमा पार्टी पदाधिकारीसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर दल दर्ताको प्रमाणपत्र बुझेका हुन्। आयोगमा सामाजिक एकता पार्टी १८० नम्बरमा दर्ता भएको छ। ३ फागुनमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो ।

अध्यक्ष सि. बि. गहतराजले भने, अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न नमिल्ने बताए ।‘ नेपालको संविधान २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतालाई ब्यवहारिक रुपमा कार्यान्वयन गराउदै समाजमा रहेका सबै खालका बिभेदका अन्त्य गरि सामाजिक एकतालाई उच्च सम्मान गर्दै समृद्ध नेपाल निर्माण गर्ने उदेश्यका साथ यो पार्टी गठन भएको हो,’ गहतराजले भने ।

उनले आफ्नो पार्टी अब बैशाखमा हुने स्थानिय निर्वाचनमा केन्द्रित हुने बताए। सामाजिक एकता पार्टीमा २१ पदाधिकारीसहित १५१ केन्द्रीय सदस्य रहेका छन्। यो पार्टीले गितार चुनाव चिन्ह लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button