सामाजिक कामले राजनीतिमा उदाएकी काँग्रेस नेतृ मसिना

राजनीतिक क्षेत्र यस्तो सेवामूलक बिषय हो की, जसले प्रयाप्त समय दिदैं मुलुक र नागरिकका लागि जीवन समपर्ण गर्नु पर्छ । राजनीतिमा कोही बिद्यालय शिक्षा देखि नै लागेर, कोही सानै उमेरदेखि सामाजिक काममा खटेर राजनीतिमा आईरहेका छन् । यो एउटा राजनीतिक प्रक्रिया जस्तै भएको छ । तर त्यसमा पनि पुरुषको तुलनामा महिलालाई राजनीतिमा लाग्न अति कठिन छ । राजनीतिमा क्रियाशिल हुदाँ पनि सामाजिक दृष्टिकोणले महिलालाई राजनीतिक यात्रा अति कठिन हुने गरेको छ ।
तर यस्ता बिभिन्न समस्यालाई छिचोल्दै सिन्धुपाल्चोकबाट यस्ती महिला राजनीतिमा निरन्तर क्रियाशिल हुनुहुन्छ की, जसले नेपाली काँग्रेसको संगठन सुदृडीकरण महत्वपूर्ण योगदान दिईरहनु भएको छ । उनी बिद्यालयस्तरबाटै राजनीति र सामाजिक काम दुबैमा निरन्तर लागेर काँग्रेसको राजनीतिक यात्रामा सक्रियता देखाएका कारण पार्टीले उहाँको उच्च मूल्याङकन गरेको छ । सोही मूल्याङकनकै आधारमा सिन्धुपाल्चोककी मसिना खड्का अहिले नेपाली काँग्रेस बागमती प्रदेश कार्य समिति सदस्यमा निर्वाचित हुनु भएको छ । सामाजिक कार्य र काँग्रेस राजनीतिको यात्राकाबारे उनै काँग्रेस नेतृ तथा सामाजिक ब्यक्तित्व खड्कासँग पत्रकार चित्र मिजारले गरेको सवांदः
१) सर्वप्रथम त नेपाली काँग्रेस बागमती प्रदेश कार्य समिति सदस्यमा निर्वाचित हुनु भएकोमा बधाई छ, अनि कस्तो लागिरहेको छ ?
धन्यबाद । काँग्रेसको संगठन सुदृढीकरणमा मैले ब्यक्तिगत र संस्थागत रुपमा देश, समाज र नागरिकलाई पु-याएको योगदानको उच्च मूल्याङकन गरेर काँग्रेस र काँग्रेसीजनहरुले बागमती प्रदेश कार्य समिति सदस्यमा निर्वाचित गराउनु भएको छ । यसप्रति म पार्टी र पार्टीका सबै तह र तप्काका काँग्रेसीजनलाई उच्च सम्मान अनि आभार प्रकट गर्दछु ।
बागमती प्रदेश कार्य समिति सदस्यमा निर्वाचित हुदैं गर्दा म माथि पार्टीको जिम्मेवारी थपिएको छ । पार्टीले मलाई जुन बिश्वास र भरोसा गरेर जिम्मेवारी दिएको छ । यसलाई म संधै शिरोधार्यका गरी पार्टी संगठन बिस्तारमा कहिले थाक्ने छैन् । पार्टीको नीति तथा कार्यक्रम, मूल्य मान्यता, सिद्धान्तमा रहेर संगठन बिस्तारका निरन्तर काम गर्ने छु ।
२) तपाई काँग्रेस राजनीतिमा कसरी आउनु भयो ?
म २०२४ साल चैत २८ गते सिन्धुपाल्चो जिल्लाको बाह्रबिसे नगरपालिका–२ कर्थलीमा जन्मे । मेरो बुबुा हरि बहादुर खड्का, साँइलो बुबा इन्द्र बहादुर खड्का राजनीतिमा हुनुहुन्थ्यो । साँइलो बुबा तत्कालीन बाह्रबिसे पञ्च्यातको उपप्रधानपञ्च हुनुहुन्थ्यो । कान्छा हजुरबुबा तत्कालीन बाह्रबिसे पञ्च्यातको प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँहरुको राजनीति प्रेरणाले म राजनीतिमा लागेको हुँ । त्यतिखेर म बिद्यालय स्तरमा पढ्थे । मैले तत्कालीन राजनीतिक परिर्वतन बुझेर बिद्यालय स्तरबाटै नेपाल बिद्यार्थी संघमा आबद्ध भए । २०४३ सालबाट उक्त, संगठनमा निरन्तर क्रियाशिल हुदै डिल्लीबजारमा आई ए मा अध्ययन् गर्दा नेबिसंघका बिभिन्न जिम्मेवारीमा रहेर राजनीतिमा निरन्तर लाग्दै आएकी हुँ ।
३) तपाईका सामाजिक कामका बारे जानकारी गराई दिनु होस् ?
२०४५ सालमा बिवाह भएपश्च्यात २०४६ बाट मैले मझौला प्रकारको खाद्यन्न ब्यापार गर्न थाले । उक्त ब्यबसायमा प्रगति हुन थाल्यो । त्यतिबेला मैले बिभिन्न सामाजिक काममा सहयोग गरे । देवालय, पाटीपैवामा बस्ने, बृद्धाआश्रम, बालआश्रममा रहेका साहाराबिहिन, दीनदुखी, गरीबलाई आर्थिकदेखि ओढ्ने ओछयाउने सम्मको सहयोग गरे ।
फेरि २०४८ सालबाट म सर्जिकल ब्यापारमा आबद्ध भए । बिभिन्न रोगले थलिएका तर उपचार गर्न नसकेकालाई उपचारमा सहयोग गरे । सिन्धुपाल्चोकको तौथलीदेखि बिभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन गरे । क्यान्सर पीडित, मृगौला पीडित, स्त्रीरोगी, शरीरको खुट्टा काट्नु पर्ने बिरामीलाई आर्थिक सहयोग गरे । दुई चरणकै कोरोना महामारीमा सिन्धुपाल्चोक र देशका बिभिन्न स्थानमा निशुल्क स्वास्थ्य सामाग्री बितरण गरे । कयौंलाई कोभिड–१९ मा उपचार सहयोग गरे ।
भण्डारी सेवा समाजमा नेतृत्व गरी भूकम्प पीडितलाई अस्थायी आवास, राहतमा सहयोग गरे । जुरे पहिरोपीडितलाई सबैखाले सहयोग गरे । सिन्धुपाल्चोक बिजनेश क्लबमा मार्फत मेरो नेतृत्वमा सिन्धुपाल्चोक, दोलखा लगायतका दर्जनौ जिल्लाका सयौं बिद्यालयका बालबालिकालाई बिद्यालय पोशाक, झोला, स्टेश्नरी सामाग्री बितरण गरे ।
अहिलेपनि उमन पावर थैली ग्रुप गठन गरेर सरकारले नबुझेका एकल महिला, बिपन्न महिला, पिछडिएका महिलाहरुको अबस्था र उनीहरुको जीवनयापनमा कसरी परिर्वतन ल्याउन सकिन्छ भनेर काम गरिरहेको छु । हामीले अहिले त्यस्ता महिलाहरुको अबस्था र उनीहरुलाई कसरी आत्मनिर्भर र स्वालम्बी बनाउन सकिन्छ भनेर सरकार समक्ष प्रस्तावना पेश गर्न गईरहेका छौं । बिभिन्न समस्याले थिचिएका महिलाको अबस्थामा सुधार ल्याउन नसके देश समृद्ध बन्न सक्दैन । त्यो कारण हामी उक्त ग्रुपमार्फत सरकारको ध्यानकर्षण गराई बिभिन्न समस्या र अभिभाराले पिल्सिएका महिलाको जीवनस्तर उकास्न काम गर्देछौं ।
साथै मैले प्रजातान्त्रिक महासंघ भक्तपुरको कोषाध्यक्ष, स्कूल अफ डेमोक्रेसी भक्तपुरको उपाध्यक्ष, नालन्दा बिद्या मन्दिरको अध्यक्ष, महेन्द्र आधारभूत बिद्यालयको अध्यक्ष र नेकाँको उद्योग ब्यापार बिभागको केन्द्रीय सदस्य भई काम गरिसकेको छु । खासमा म सामाजिक काम गरेर राजनीतिमा उदाएकी हुँ ।
४) बागमती काँग्रेस अब कसरी अगाडि बढ्छ् ?
बागमती काँग्रेसलाई अन्य पार्टीको तुलनामा ठूलो पार्टी बनाउन सबै काँग्रेसीहरु भावनात्मक रुपमा एक ढिक्का हुनु पर्छ । गुट उपगुटको अन्त्य गर्नुपर्छ । नेता र कार्यकर्ता भित्र भएको आपासी द्धन्द अन्त्य गर्नुपर्छ । एक नेता कार्यकर्ताले अर्को नेता, कार्यकर्ताप्रति सम्मान र अस्तित्व स्वीकार गर्नुपर्छ ।
बागमती काँग्रेस र काँग्रेसीजन देश र जनताका समस्या समाधा गर्न, बिकासे काम गर्न, देशभित्रै रोजगारीको सिर्जना गराउन लाग्ने छ । जनता कसरी समृद्ध हुन सक्छन् अनि कसरी देशलाई समृद्धिमा लैजाने सकिन्छ । यस्ता सबै बिषयमा बागमती काँग्रेसले दिर्घकालीन योजना निमार्ण र कार्यान्वयन लाग्ने बिश्वास दिलाउन चाहान्छु । अनि काँग्रेसले बिपक्षीले गरेका खराब कामको बारे जनतालाई बुझाउछ ।
५) सिन्धु काँग्रेस सुदृडिकरणका बारे के गर्नु पर्दछ ?
सिन्धु काँग्रेस सुदृडिकरणमा सबै जिम्मेवार भएर दत्तचित्तका साथ लाग्नु पर्छ । काँग्रेस पार्टी संगठन बिस्तारमा सबै नेता कार्यकर्ता अझै शसक्त भएर लाग्नु जरुरी रहेको छ । एक अर्का नेता कार्यकर्ता प्रति भएको बेमेल अन्त्य गराउन, गुट रहित सिन्धु काँग्रेस बनाउन मेरो सक्रियता रहन्छ ।
सिन्धु काँग्रेसमा सम्मान र हार्दिकताको काँग्रेस राजनीतिलाई प्रश्रय दिने खालको भूमिका मेरो रहन्छ । प्रत्येक टोल, वडादेखि जिल्ला र केन्द्रीय तहसम्मका नेता कार्यकर्ता बैचारिक, तार्किक, दुरदृष्टि राख्ने, सकरात्मक, आत्मनिर्भर, निष्ठावान, स्वालम्बी र जनताका सुखदुखका साहारा बन्नु पर्छ । यस्ता बिषयलाई मैले पार्टी संगठन बलियो, मजबुत र शसक्त बनाउन म निरन्तर लाग्ने छु ।
पार्टीका भात्तृ संघसंगठन, शुभेच्छुक संघसंस्थालाई जीवन्त र गतिशिल बनाई राख्ने, पार्टीको जग वडा हो, जग बलियो भने मात्रै घर बलियो हुन्छ भने जस्तै वडादेखि नै पार्टीलाई बलियो बनाउन काँग्रेसीहरुले प्रत्येक वडाका जनतालाई आफ्नै परिवार जस्ता ब्यबहार गर्ने, उनीहरुको दुखसुखमा जहिले साथ दिने, उनीहरुको सम्रग क्षेत्रमा बिकासका प्रत्याभूति दिने कामबाट थाक्नु हुन्न । अझै काँग्रेसलाई जनताको पार्टी बनाउन के-के योजना र काम गर्न सकिन्छ त्यतातिर काँग्रेस र काँग्रेसीको उचित ध्यान पुग्नु पर्छ । बिपक्षी पार्टीका झुठा प्रचार, भष्ट्रचार, अनिमियता जस्ता खराब काम जनता माझ पु-याउन सक्नु पर्छ ।
६) देशलाई समृद्ध बनाउन काँग्रेसले के के काम गर्नु पर्छ ?
दक्ष जनशक्ति बिदेश पलायन भईरहेका छन् । राम्रो बिषयमा उच्च शिक्षा हाँसिल गर्न बिदेमा गएर अध्ययन् गर्नु पर्ने ठूलो समस्या छ । दक्ष जनशक्ति मुलुकमै स्वरोजगार हुन् र अन्तराष्ट्रिय स्तरको शिक्षण नेपालमै संभव बनाउन सक्ने काम काँग्रेसले गर्नु पर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो खर्च गर्न पर्ने अबस्था छ । सामान्य परिवारका बिद्यार्थीले पनि सहज रुपमा राम्रो बिषय पढ्न पाउन् । कमजोर परिवारका बिरामीले जटिल रोगीमा पनि सहज र सर्वसुलभ खर्चमा उपचार सेवा लिन पाउन र मृत्यु मुखमा जान नपरोस् । नेपालमा अहिले पनि घरखेत बेचेर उपचार गर्नु पर्ने र बिरामी पनि नबाँच्ने र परिवारका सदस्यलाई ऋणको भारीले मर्नु न बाँच्नुको अबस्था छ । यसको समाधानमा काँग्रेस लाग्नु पर्छ ।
काँग्रेसको ध्यान देशमा शिक्षा, स्वास्थ्य, सडक, रोजगार सिर्जनामा जानु पर्छ । उद्योग कलकारखाना खोल्नु पर्छ । कृषि क्षेत्रलाई प्राथमिकताका साथ बजेट बिनियोजन गर्ने र उत्पादनमूलक कार्यमा बजेट कार्यान्वयन हुने अबस्था काँग्रेसले गर्नु पर्छ । प्रत्येक जनताका घरमा आधारभूत बिकासका काम पु-याउनु पर्छ । जसको जे क्षमता, योग्गता, सीप छ सोही अनुरुपमा रोजगारी, जागिर दिनु पर्छ । सीप र योग्गता नभएका जनतालाई सीप दिनु पर्छ । गाउँगाउँमा स्वरोजगारको अबस्था सिर्जना गर्ने, ब्यापार ब्यबसायलाई प्रवद्धन गर्ने, जलबिद्युत उत्पादन, पर्यटन बिकास जस्ता बिभिन्न क्षेत्रमा काँग्रेस तदारुकताका साथ लाग्नु पर्छ । यी बिभिन्न काम गरेमा काँग्रेस जहिले जनताको पार्टी हुनेमा दुईमत छैन् ।
७) स्थानीय देखि संघीय चुनाव आउदैं छ, यसबारे तपाईको के सन्देश छ ?
अब छिटै स्थानीयदेखि संघीय चुनाव आउदैं छ । सबै तहको चुनावमा काँग्रेसलाई जिताउन सबै जनतालाई आग्रह गर्दछु । काँगेसीजन जनताको घरदैलोमा पुग्नु पर्छ । माथि उल्लेखित कुरालाई जनता सामु पु-याई वडादेखि केन्द्रलाई कसरी समृद्ध बनाउन र कसरी जनताको जीवनमा परिर्वतन ल्याउन सकिन्छ भनेर जनतासैगै बसेर उनीहरुको रायसुझाव लिनु पर्छ ।
जनताका समस्यामा ध्यान नदिएमा पराजित हुन्छ । त्यसैले सबै काँग्रेसीहरु जनतासंग पुग्नु पर्छ । साथै पार्टीमा आन्तरिक द्धन्द छ । पार्टीको आन्तरिक जीवनमा जे जस्तो भएपनि बिपक्षीसँग लड्नु पर्ने अबस्थामा सबै काँग्रेसी एकढिक्का हुनु पर्छ । सबैको रायसल्लाहमा साझा उम्मेदवार तय गर्ने जो जनताको रुचिमा होस् । त्यस्तो उम्मेदवार खडा गर्ने र जनताको कामलाई सर्वोपरि ठान्ने उम्मेदवार उठाउनु पर्छ । काँग्रेसका लागि देश, समाज र जनता भन्दा ठूलो अरु केही छैन् । यसलाई मनन् गरेर काँग्रेसीजन लाग्नु पर्छ ।