सामाजिक संस्थाको संयुक्त सहयोगमा बाढीपहिरो पीडितलाई राहत

दिपेन्द्र थिङ, ललितपुर । असार २४ गतेदेखि साउन १ गतेसम्म आएको अविरल वर्षाका कारण बाढीपहिरोमा परी विस्थापित भएकाहरुका लागि नेपाल ख्रीष्टियन समाज, सुरक्षित परिवार नेपाल, नेपाल ख्रीष्टिय राहत सेवा, डि.आर.एस.एन. र मर्सी मिशन मिडियाको सहयोगमा ७० जनाको परिवारलाई त्रिपाल र ब्लाङकेट वितरण गरेको छ ।

संस्थाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको, कर्थली, कसेरी, आरुचे, डाँडाकटेरी, हुण्डुङ र भिरखर्कका १९ जना र भोटेकोशी गाउँपालिकाको लिस्तिकोट, ट्याङथली र बुल्कोटेका ५१ जनालाई त्रिपाल र ब्लाङकेट वितरण गरेको हो ।
नेपाली कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले पीडितलाई सहयोग हस्तान्तरण गर्नुहुँदै बाढीपहिरो र महामारीको चपेटामा परेको बेला संस्थाले ठुलो सहयोग गर्नुभएकोमा धन्यवाद दिनुभएको छ । उहाँले बाह्रविसेका जनता यतीबेला बाढीपहिरोको डर र त्रासमा बस्न बाध्य भएको हुँदा संस्थाले यस विपद्का साथै अहिले कोरोना भाइरसको महामारीको यो बेला साथ र सहयोग गर्नुभएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

संस्थाको तर्फबाट बोल्नुहुँदै सुरक्षित परिवार नेपालका कार्यकारी निर्देशक सरेन्द्र श्रेष्ठले सिन्धुबासी अहिले बाढीपहिरोको पीडामा भएको बेला हामी संस्थाहरुले त्यो पीडालाई आफनो सम्झेर सानो सहयोग गर्न पाउँदा आफुहरु खुसी भएको बताउनुभएको छ । राहत प्राप्त गरेपश्चात त्यहाँका स्थानीयहरु खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button