सामाजिक सद्भाव कायम राख्न ख्रीष्टियन महासंघको अपील

काठमाडौँ – राष्ट्रिय ख्रीष्टियन महासंघले केही व्यक्तिहरुले सामाजिक सदभाव विथोल्न खोजेको भन्दै त्यसमा सजग हुन सबैलाई अपील गरेको छ ।

महासंघले सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी एक अर्काका धार्मिक आस्थाको सम्मान गर्ने नेपाली संस्कार भएको तर पछिल्ला दिनमा असहिष्णुता फैलाउने प्रयास भइरहेको बताएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सिबी गहतराजले एक नेपाल र सम्पूर्ण नेपाली एक भएर देशमा शान्ति अमनचयन कायम राखेर यसको समृद्धीको लागि सबै नेपाली एक ठाउँमा मिलेर रहनु पर्ने धारणा राखे ।“सदियौंदेखि सम्पूर्ण नेपाली एक भएर बसेको तर अहिले देशमा धार्मिक द्वन्द्व निम्त्याएर देशमा अस्थिरता निम्त्याउन खोजेकोले सबै सर्तक रहनु पर्छ” गहतराजले भने ।

उनले एक अर्काको धार्मिक आस्थामा आँच आउने खाले गतिविधि नगर्न समेत आग्रह गरे । त्यसैगरी अध्यक्ष गहतराजलाई हटाएको भन्ने हल्ला निराधार भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button