सार्वजनिक बसमा सिटभरि यात्रु बोक्न पाइने, ५० प्रतिशत बढी भाडा हट्यो

काठमाडौं । अब सार्वजनिक यातायातमा पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाइने भएको छ।

यसअघि कोरोना संक्रमणका कारण बसको एक सिटमा एक यात्रु बोकेर ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था गरिएको थियो।

आन्तरिक हवाई उडानमा पनि सोही निर्णय गरेकोमा विमान कम्पनीहरुले मानेका थिएनन्। विमानमा पूर्ण सिटमा यात्रु ओसारपोसार भइरहेको छ।

बस व्यवसायीहरुले पनि पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने अडान राख्दै आएका थिए।

आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवसायीहरुको उक्त गुनासो सम्बोधन गर्दै सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ।

चाडबाडमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सुरक्षाका मापदण्ड अपनाएर पूर्ण क्षमतामा यात्रु राख्न दिने निर्णय भएको बताइएको छ।

अब भाडा ५० प्रतिशत बढी असुल्न नपाइने भएको छ। लकडाउन अघि कायम रहेको पुरानो भाडा दरमै यात्रु बोक्न पर्ने छ।

यस्तै, सरकारले दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ।

कोरोनाको जोखिम रहेकाले यसपाली नेपालीहरुको ठूलो चाड दशैँ यथास्थानमा मनाउन सरकारले अपील गरेको हो।

यसका लागि सरकारले सार्वजनिक विज्ञप्ति जारी गर्ने गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button