सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरी बल नेपालको बीओपी स्थापना

काठमाडौं, २४ चैत । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हिजो बुधबार आयोजित एक समारोहका बीच उक्त बीओपीको उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा स्थापना भएको सो बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायत विविध जिम्मेवारीहरुमा परिचालित हुने बताइएको छ ।

सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट करीब ११४ किलोमिटरको दूरीमा नेपाल चीन सीमा नाकामा स्थापना गरिएको उक्त बीओपीले उद्घाटनसँगै कार्य सञ्चालन गरेको जानकारी दिएको छ ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको सीमानाकामा सशस्त्र प्रहरीको परिचालन बढाउने नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु स्थापना गर्दै लगिएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button