सिन्धुपाल्चोकमा बिद्यालय खुल्न थाले

चित्र मिजार / सिन्धुपाल्चोक, १३ असोज । सिन्धुपाल्चोकका सामुदायिक बिद्यालय खुल्न थालेका छन् ।

कोभिड १९ को संक्रमणबारे उच्च सर्तकता अफ्नाएर सामुदायिक बिद्यालयमा शिक्षण शुरु गरिन थालिएको छ ।

लकडाउन र निषेधाज्ञाको लामो समय पछि सरकारी बिद्यालयमा पठनपाठन शुरु गर्न थालिएको छ ।

बलेफी गाँउपालिका, त्रिपुरासुन्दरी गाँउपालिकाका सामुदायिक बिद्यालयमा शिक्षण शुरु गरिएको छ ।

अन्य १० स्थानीय तहले आफ्नो गाँउ, नगरभित्रको सामुदायिक बिद्यालयमा पनि शिक्षण सिकाई शुरु गर्ने जनाएका छन् ।

सुनकोशी गाँउपालिकाको गाँउ शिक्षा समितिले असोज १२ गतेबाट पालिकाभित्रका सामुदायिक बिद्यालयको बिद्यार्थी सिकाई सहजीकरणको ब्यबस्था मिलाउनलाई सबै बिद्यालयलाई निर्देशन दिएको छ ।

बलेफी गाँउपालिका ७ खाडीचौरमा रहेको बालशिक्षा माध्यमिक बिद्यालयले शिक्षण सिकाई शुरु गरेको छ । उक्त बिद्यालयले कक्षा ९ र १० को पढाई शुरु गरेको प्रधानध्यापक बासु पौडेलले जानकारी दिनु भयो ।
सो बिद्यालयमा कक्षा १० मा ६७ भन्दा बढी भर्ना भएका छन् ।

कक्षा ९ मा ५५ जना बिद्यार्थी भर्ना भएका छन् । भर्ना हुने क्रम जारी रहेको छ ।

प्रअ पौडेलका अनुसार बिद्यार्थी संख्या बढेसंगै सो बिद्यालयलाई कोभिड १९ को ठूलो चुनौती रहेको छ ।
सो भयका कारण उक्त बिद्यालयले बिद्यार्थीलाई अनिवार्य मास्क लगाएर आउनु पर्ने नियम बनाएको छ । साथै बिद्यालय प्रवेश गर्नुपूर्व गेटमा थर्मलगनले प्रत्येक बिद्यार्थीको तापक्रम नापिन्छ साथै साबुन पानीले हात धुन र ब्रेकटाइममा पनि अनिवार्य हात धुन पर्ने नियम बनाएको छ ।

कक्षा ५ देखि ८ सम्मको कक्षा अनलाइनमा शिक्षण गराउँदैं आएको छ । तर सबै बिद्यार्थीमा इन्टरनेटको पंहुच रहेको छैन् ।
यस्तै १२ वटा नै स्थानीय तहले बिद्यालय खुलाउने तयारी गरिरहेका छन् ।

दर्जनौं बिद्यालयले अनलाइनबाटै शिक्षण सिकाई गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button