सिन्धुपाल्चोक पहिरो अपडेट : हेलिकोप्टरबाट उपचारका लागि गम्भीर घाइते चौतारा ल्याइयो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा घाइते भएकाहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

पहिलो चरणमा चार जना गम्भीर घाइतेलाई उपचारका लागि चौतारा ल्याइएको छ।

सभामुख अग्नीप्रसाद सापकोटाले ल्याएको हेलिकोप्टरले चौताराबाट सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल लगेको थियो । सो हेलिकोप्टरले गम्भीर घाइते दुई पुरुष र दुई महिला उपचारका लागि चौतारा ल्याइएको हो ।

घटनास्थल जान लागेका सभामुख चौतारामा बसेर उद्धारका लागि सुरक्षाकर्मी पठाएका हुन् ।

घटनामा कम्तीमा ३५ वेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाई छ ।

आज बिहान करिब साढे ६ बजेतिर गएको हो । स्थानीय पेशलाल दोङका अनुसार २ जनाको शव देखिएको छ ।

माथिबाट पहिरो आइरहेकोले खोज तथा उद्धारमा समस्या भएको उनले बताए । उनले गाउँमा रहेका मध्ये ३५ जना हराइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button