सिन्धुपाल्चोक पहिरो: पुरिएका ७ जनाको शव फेला, २३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा हराइरहेका मध्ये ७ जनाको शव फेला परेको छ ।
बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका २४ घर बगेका थिए । अझै २४ जना हराइरहेका छन्।
पहिरो गएको स्थलमा सभामुख अग्निप्रसाद सापकोटा पनि पुगेका छन् । उनी आइतबार बिहानै घटनास्थल गएका हुन् ।
भेटिएका सात शवको पहिचान हुन सकेको छैन ।
पहिरोमा वेपत्ताको खोजीकार्यमा नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीका साथै स्थानीय तहका प्रतिनिधि र स्थानीयबासी जुटेका छन् ।
भीरखर्कबाट पहिरो नागपुजे हुँदै भोटेकासीसम्म खसेको थियो ।