सिन्धुपाल्चोक–२(ख) मा काँग्रेसका कृष्णकुमार बिजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधि सभा–२(ख) मा काँग्रेसका कृष्णकुमार तामाङ (समिर) बिजयी हुनु भएको छ ।

नेकपा एमालेका हस्तबहादुर पण्डितलाई १ हजार ५ सय ५ मतान्तरले पराजित गर्दै तामाङ विजयी हुनुभएको हो ।

तामाङले १७ हजार ७५८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी पण्डितले १६ हजार २५३ मत प्राप्त गरेका छन् । साथै राप्रपाका गोबिन्द गुरुङले ३ हजार १०७ मत प्राप्त गरेका थिए ।

६६ हजार ५९२ कूल मतदातामा जम्मा खसेको मत ३९ हजार २ मध्ये ३८ हजार २८ मत सदर र ९७४ मत बदर भएको मुख्य निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । आठ राजनीतिक दलले उक्त प्रदेश निर्वाचनमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button