सिस्टममा समस्या आउँदा रोकियो राहदानी वितरण

काठमाडौँ । राहदानी विभागले राहदानी वितरण कार्य रोकेको छ । चेतावनी दिएकै दिन राहदानी वितरण तत्कालका लागि स्थगित गरेको हो ।
यही पुस १७ गतेदेखि राहदानी विभागको ‘सिस्टम’मा समस्या आइ राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको’ विभागले जनाएको छ।
विभागले मंगलबार सूचना प्रकाशित गरी ‘सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकहरूले आफ्नो मोबाइलमा एसएमएस/म्यासेज आएपछि मात्र विभागमा आउन’ अनुरोध गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मात्रै सचिवहरुलाई निर्देशन दिँदै संघीताको अभ्याससँगै घरदैलोमा नै सेवा पुग्ने जनअपेक्षा पुरा हुन नसकेको बताएका थिए।
यस्तो छ सूचना