सुकम्वासीबस्ती र विपन्न परिवारमा नेपाल ख्रीष्टिय राहत सेवाको सहयोग

निरोज तोलाङे / ललितपुर । संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण कोभिड् १९ को त्रास र त्यसका प्रभावका कारण नागरिकको जनजीवन निकै कष्टकर बनिरहेको छ । आमसर्वसाधरण नागरिकहरु रोगले भन्दा पनि भोकले छटपटाइरहेका छन् यो अहिलेको वास्तविकता हो ।
लकडाउन र निषेधाज्ञाको असरले नागरिकको आधारभूत खाद्यान्न सामाग्रीहरुको समेत अभाव देखिन थालेपछि काठमाण्डौँ उपत्यकाका सुकुम्वासी बस्तीका २९ घरपरिवार र मध्यपुर ठिमी नगरपालिका वडा नं. २ का २५ घरपरिवारलाई कोभनेन्ट वर्ल्ड रिलिफ र समारिटन पर्स क्यानाडाको सहयोगमा नेपाल ख्रीष्टिय राहत सेवाले राहत सामग्री वितरण गरिएको छ ।
राहत सामग्री सामाजिक अभियन्ता डा. वि.पी. खनाल, कलबहादुर वि.क. र सहयोगी संस्थाका प्रतिनिधि रुबेन शर्माले सहयोग वितरण गर्नुभयो ।
वितरण गरिएको राहतमा चामल, दाल, साबुन, तेल, नुन लगायतका सामाग्रीहरु रहेका थिए । कोभिडले गर्दा आफूले नियमित रुपमा गर्दै आएका कामहरु रोकिएपछि बिहान बेलुका के खाने भन्ने समस्या भएको अवस्थामा यो राहतले ठूलो सहायता गर्ने भन्दै राहत प्राप्त गर्नेहरुले खुशी व्यक्त गरेका थिए ।
सहयोगी संस्थाका टिम लिडर रुबेल शर्माले संस्थाले विपद्मा आशा र पुर्नस्थापना भन्ने मुख्य लक्ष्यका साथ अति अशक्त, असहाय र आर्थिक अवस्था नाजुक भएका दैनिक ज्यालादारी तथा निर्माण मजदुरहरुको यो दयनिय पीडादायी अवस्थामा भोकले कोही पनि मर्नुनपरोस भन्ने अभिप्रायले उहाँहरुको जीवनमा आशा र खुशी ल्याउने संकल्पका साथ राहत वितरण गरिएको बताउनुभयो ।