सुदूरपश्चिमका धिरेन्द्र चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

सुदूरपश्चिमका धिरेन्द्र बहादुर चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ।

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने सो पुुरस्कार यस वर्ष बैतडीको पाटन नगरपालिका–९ का चन्दले प्राप्त गरेका छन् । उनले नगद १ लाखसहित प्रमाणपत्र प्राप्त गरेका हुन ।

जीवशास्त्री समेत रहेका चन्द सुदूरपचिममा रहेर वन वातावरण र वन्यजन्तुको अनुसन्धान र संरक्षणमा क्रियाशिल छन् ।

सरकारले चन्दसहित ११ युवा र २ संस्थालाई यो वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button