व्यवसायी सुधिर बस्नेतलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी सुधिर बस्नेतलाई पक्राउ नगर्न आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहिबार बैंकिङ कसूरको आरोप लागेका व्यवसायी बस्नेतलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो।

बैंकबाट ऋण लिँदा कर्जा सुरक्षणबापत राखेको धितो बैंकले लिलाम गरे पनि त्यसविरुद्ध उक्त मुद्धा ऋण असुली न्यायाधीकरणमा विचाराधीन रहेकाले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरिएको छ।

अदालतले ठगी र बैंकिङ कसुरको अभियोगमा अनुसन्धान भइ ठगीमा कसुरदार ठहरेपछिसजाय भुक्तान गरिसकेको अवस्थामा पुनः सोही कसुरमा मुद्दा चलाइनु सैद्धान्तिक रुपमा नमिल्ने अदालतको आदेशमा उल्लेख छ। एकै कसुरमा व्यक्तिमाथि विभिन्न अदालतमा मुद्दा चलाउन र सजाय गर्न नमिल्ने आदेशमा उल्लेख छ।

बस्नेतले एक बैंकले लिलामी गरेको धापासीको आफ्नो जग्गाको लिलामी बदरको माग गर्दै रिट दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button