सुनकोशीमा काँग्रेसका भब्य पार्टी कार्यालय

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकका बिभिन्न तहका पार्टी कार्यालयहरु धमाधम स्थापना हुने क्रममा छ ।

काँग्रेसको १४ औं महाधिबेशन अन्र्तगत निर्वाचित भएका गाउँपालिका, नगरपालिका समिति र वडा समितिले पार्टी कार्यालय स्थापना गर्ने र पार्टीका कामलाई ब्यवस्थित बनाएर लैजाने दृष्टिकोणले पार्टी कार्यालय स्थापना गरिएको नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाका सभापति रुपकाजी लामाले जानकारी दिएका छन् ।

नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाले पार्टी कार्यालयको उद्धघाटन भब्य र सभ्य रुपमा गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतले उक्त कार्यालयको उद्धघाटन गरेका थिए । पार्टी कार्यालय सुनकोशी गाउँपालिका–७  पाङ्ग्रेटारको एक किलोमा खुलेको छ । प्रमुख अतिथि समेत रहेका पूर्वमन्त्री बस्नेतले भब्य पार्टी कार्यालयले सुनकोशी काँग्रेसको संगठन बिस्तार र बिपक्षी पार्टीलाई बिस्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

पार्टी कार्यालय स्थापना भएपछि सिंगो काँग्रेसीजनको जमघट भई पार्टीलाई शसक्त बनाएर लैजानका निमित्त महत्वपूर्ण भूमिका खेल्ने सभापति लामाले बताएका छन् । लामाका अनुसार पार्टी कार्यालय स्थापना गरिएपछि अहिले उक्त कार्यालयमा दैनिक रुपमा काँग्रेसीहरुको भेला र छलफल हुने क्रम चलिरहेको छ । काँग्रेसलाई आगामी तीनै तहको निर्वाचनमा बिजयी गराउनका लागि पार्टी कार्यालय कोशेढुंगा सावित हुने सभापति लामाको दाबी छ ।

सुनकोशी गाउँपालिकाका सबै जनतालाई उक्त पार्टी कार्यालयले जोड्ने र सबैका सुख दुखमा साथ दिने सभापति लामाले बताएका छन्। सुनकोशी काँग्रेसले कसैलाई पनि काख र पाखा नगरी समान भावना र अस्तित्व कायम राखेर काम गर्ने उनले बताएका छन् । खासगरी अन्य पार्टीमा रहेकालाई काँग्रेसमा भित्राउने र जनताका बिकासमा काम गर्ने पनि युवा नेता लामाले जानकारी दिए ।

पार्टीलाई शसक्त र तीव्र गतिमा हाँक्न पार्टी कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ भन्ने काँग्रेसीजनहरुले आशा ब्यक्त गरेका छन् । गत ८ गते उद्धघाटन भएको सो पार्टी कार्यालयलाई सम्बोधन गर्दै पार्टीका महाधिबेशन प्रतिनिधि, जनप्रतिनिधि, भातृ संघसंगठन तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुले संगठन बिस्तारमा उक्त पार्टी कार्यालय शसक्त भएर लाग्नेमा आशाबादी रहेको बताएका थिए ।

कार्यक्रममा दुई सय बढी एमाले, माओबादी, राप्रपा र अन्य पार्टीका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । सुनकोशी गाउँपालिका-७ का मृगौला पीडित रेशम मिजारलाई उक्त कार्यक्रममा काँग्रेस कार्यकर्ताले नगद ४० हजार संकलन गरेर उपचारका लागि सहयोग गरेका थिए । पार्टी रहेर महत्वपूर्ण योगदान गर्नेहरुलाई सम्मान पनि गरिएको थियो । उक्त कार्यक्रममा पालिका समितिमा बिभिन्न ब्यक्तिलाई मनोनित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button