सुरक्षाकर्मीको तलब रोकियो

काठमाडौं । कोरोना महामारी निन्यत्रणका लागि फ्रण्टलाइनमा खटेका सुरक्षाकर्मीले अहिले न त कुनै प्रोत्साहन भत्ता पाएका छन् न कुनै राहत!

अब उनीहरुले नियमित पाउँदै आइराखेको तलब पनि रोकिएको छ। ३ वटै सुरक्षा निकायले नियमित पाइराखेको तलब साउन देखि रोकिएको हो।

आफूहरुले साउनदेखि तलब नपाएको सुरक्षार्मीहरुले गुनासो गरेका छन्।

महालेखा नियन्त्रकको कार्यालयले बनाएको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री नभएकाले सुरक्षाकर्मीले तलब पाउन नसकेको बताइएको छ।

उक्त सफ्टवेयरमा व्यक्तिको पूर्ण विवरण भर्नुपर्ने कारण देखाउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको हो।

उक्त सफ्टवयरमा पाउने व्यक्तिको प्रोफाइल इन्ट्री नगरेसम्म तलब जाँदैन। यो सबै गरेर कहिलेसम्म सकिन्छ र सुरक्षाकर्मीले तलब पाउछन् भन्नेबारे केही खुलाईएको छैन।

कतिपय सिपाहीलाई भएकै तलबले खान, बस्न र घर परिवार चलाउन नपुग्ने अवस्था छ। यस्तो अवस्थामा धेरै समयका लागि तलब नपाए न्युन तलब भएका सिपाहीहरुका लागि समस्या हुनसक्छ।

सरकारले कोरोना महामारीको बेला अग्रंपक्तिमा खटिने सुरक्षार्कीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो। ५ महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन। अहिले आएर नियमित तलबनै रोकिएको हो।

सरकारले उनीहरुको मनोबल गिराउने मात्र काम गरिरहेको भन्दै आलोचना हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button